Nepal Times
Nepal Times
3
Shares

वीरगन्जबाट २० लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

वीरगन्जबाट २० लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

२३ कात्तिक, वीरगन्ज ।

वीरगन्जबाट प्रहरीले अवैध वित्तीय कारोबार (हुण्डी) गर्ने एक युवकलाई स्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँउपालिका ५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह रहेका छन् ।

वीरगन्जको घण्टाघरबाट आदर्शनगर जाँदै गरेका साह सवार ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्दा उनको झोलबाट २० लाख रुपैयाँ बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

साहको साथबाट बरामद रकमको स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारको भएको खनालले बताए । पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.