४ असोज, वीरगन्ज ।
वीरगन्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। तीन जना संक्रमितको आइतबार बिहान र एक जनाको शनिबार साँझ मृत्यु भएको हो।
वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका– १ का ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको छ । श्वासप्रश्वसमा समस्या भएपछि भदौ ३१ गते अस्पताल भर्ना गरिएको उनको स्वाब परीक्षणको क्रममा शनिबार नै पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।
यस्तै वीरगजस्थित नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकाख ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको छ । असोज १ गते अस्पताल भर्ना भएका उनी मधुमेह र मुटुरोगी रहेको चिकित्सकले बताएका छन् । उनको उपचारका क्रममा उनको आइतबार बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले बताए ।
यसैगरि वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षिय बृद्धको पनि आइबार बिहान मृत्यु भएको छ। वृद्धलाई असोज २ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको आइतबार बिहान १ बजे उपचारको क्रममा मृत्यु भएको ठाकुरले बताए ।
ठाकुरका अनुसार मेडिकल कलेजको बाबा होटलमा सन्चालित अस्थायी कोभिड अस्पतानलमा वीरगन्ज ४ बिर्ताका ७८ वर्षीय वृद्धको शनिबार अपरान्ह ४ बजे मृत्यु भएको छ ।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।