१९ जेठ, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात वातावरणीय हिसाबले घातक भएको बताएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारको सो नीतिका कारण सबै भन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई÷मधेशमा ठूलो प्राकृतिक संकट आउने उल्लेख गरेका छन ।
‘हालै सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोवास गराउने, वन विनास गरी होटल, मोटल, रिसोर्ट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ,
सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसाबले घातक रहेको छ। यसबाट नवधनाढ्य देखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने छ।’ विज्ञप्तीमा उल्लेख छ ।