शव जलाउनेलाई प्रतिदिन थप एक हजार भत्ता !

139SHARES

३१ बैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पशुपति आर्यघाटमा कोभिड १९ सङ्क्रमित भएकाको शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रुपैयाँ दिने निर्णयको फाइल सदर गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले फाइल सदर गरेका हुन् ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।

यस्तै मन्त्री ढकालले कोभिड १९ का कारण थला परेको पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण