शिक्षाविद् लक्ष्मण राजवंशीको निधन

586SHARES

११ बैशाख, काठमाण्डौ । संविधान सभाका पूर्व सदस्य एवम् शिक्षाविद् लक्ष्मण राजवंशीको निधन भएको छ ।

काठमाण्डौ थापाथलीको नर्भिक अस्पतालमा उपचारत उनको आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ ।

बालाजुको सिद्धार्थ वनस्थली विद्यालयका संस्थापक समेत  रहेका भएका साहित्यकार राजवंशी दुई हप्ताअघि आफ्नै घरको भ¥याङबाट लडेर घाइते भएका थिए । त्यसपछि उनको भेन्टिलेटरमा अचेत अवस्थामा नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण