शिक्षा आयोगको प्रतिवेदन सच्याउनुपर्ने प्याब्सन अध्यक्ष पुरीकोे माग

0SHARES

२ चैत्र २०७५ नेपाल टाईम्स

विराटनगर,चैत २
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका नवनिर्वाचित केन्द्रीय अध्यक्ष टिकाराम पुरीले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सच्याउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पुरीले संघीय शिक्षा ऐनमा पनि निजी विद्यालयहरुलाई चेप्ने काम भएको र आयोगको प्रतिवेदनमा पनि त्यसखालको प्रावधान रहेको भन्दै त्यसको विरोध गरेका हुन् ।

उनले निजी विद्यालय मैत्री ऐन निर्माणमा सरकारलाई दबाब दिने, प्याब्सनको केन्द्रीय कार्यालय भवन बनाउने, प्याब्सनलाई समाज र राष्ट्रप्रति उत्तरदायी हुने संगठन निर्माण गर्ने र प्याब्सनलाई राष्ट्रको मूल प्रवाहमा समेट्न राज्यसँग पहल गर्ने आफ्ना एजेण्डा रहेको बताए ।

पुरीले अबको शिक्षा शताब्दी सुहाउँदो हुनुपर्ने भन्दै सोही अनुसारको पाठ्यक्रम निर्माण गर्ने, प्रविधि मैत्री बनाउने र ज्ञान र शीपमूलक शिक्षा प्रदान गर्ने गरी संगठनले पहल गर्ने पनि बताए । अध्यक्षमा चुनिएपछि विराटनगर आएका पुरीलाई विमानस्थलमा प्याब्सनसँग आबद्ध व्यक्ति र शुभचिन्तकले स्वागत गरेका थिए ।

विज्ञापन बक्स