श्रीमान–श्रीमतीद्वारा एकैदिन झुण्डिएर आत्महत्या !

0SHARES

८ भाद्र २०७५ नेपाल टाईम्स

भीमदत्तनगर, भदौ ८
कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आज आत्महत्या गरेका छन् ।आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्/श्रीमती अलग/अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताए । मृतकका भाइले झ्यालबाट दाइ÷भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो ।
रासस

विज्ञापन बक्स