सडकबाट २० मिटर तल जिप खस्दा दुई जनाको मृत्यु

538SHARES

२४ चैत्र, पाल्पा ।
तानसेन नगरपालिका–७, काजीपौवामा मंगलबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काजीपौवास्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा बगनासकाली गाउँपालिका–४, खानीछापका २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका २७ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुवै जनाको मिसन अस्पतालमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकरी दिए ।

खुसी फ्रेस हाउसमा कुखुरा छाडेर तानसेन फर्कने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त लु २ च ६३२ नम्बरको जिप सडकबाट २० मिटर तल खसेको थियो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरेको जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण