सडक बालबालिका भारत लगेर बेच्न खोज्ने पक्राउ गरि सार्बजनिक

0SHARES

१५ कार्तिक २०७४ नेपाल टाईम्स

विराटनगर, कार्तिक १५
बालबालिका ललाइ फकाइ गरि भारत लगेर बेच्न खोज्ने गिरोहलाइ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरि सुनसरीको इटहरी स्थित सडक पेटिमा बसोबास गर्ने ३ जना बालबालिकाहरुलाई ललाई फकाई गरि भारत लगेर बेच्न खोज्ने गिरोहका सदस्यहरुलाइ पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीको प्रहरी गस्ति टोलिले विषश सुचनाको आधारमा मंगलबार राति जोगबनि रेल्वेस्टेसनबाट एक भारतिय नागरिक सहित अन्य २ जनालाइ पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा मोरङ मोतिपुर घरभइ इटहरी–४ बस्ने ३६ वर्षिय राजु भण्डारी, इटहरी–१० का सुरज ऋषिदेव र भारतिय नागरिक मुरदवा पौटा ग्रामपंचायत दाखा कोठी बस्ने ३१ को मन्जित सिंह रहेका छन् ।

विज्ञापन बक्स