सत्य निरूपण र बेपत्ता छानबिन आयोगबारे बालुवाटारमा छलफल

0SHARES

३ माघ २०७६ नेपाल टाईम्स

३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरूपण र बेपत्ता छानबिन आयोगका नयाँ पदाधिकारी नियुक्ति र नयाँ कानुन तर्जुमाबारे छलफल गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी थिए ।

यसअघि प्रचण्डले देउवा निवासमै पुगेर यसबारे छलफल गरेका थिए । पटकपटक अवधि थप्दासमेत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम नसकेपछि गत चैतदेखि दुवै आयोग पदाधिकारीविहीन भएका छन् ।

नयाँ पदाधिकारी चयनका लागि पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । समितिले ६१ जनाको नाम सिफारिस गरेको छ । आयोगका लागि नया कानुन बनाउन समेत छलफल भइरहेको छ ।

विज्ञापन बक्स