सनराईज बैंकले वेद विद्याश्रमलाई गर्याे खाद्यान्न सहयोग

0SHARES

६ असार २०७७ नेपाल टाईम्स

६ असार, काठमाडौं ।

सनराईज बैंकले कोरोनाबाट प्रभावित विद्याआश्रमलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेको छ ।

कोरोनाबाट विश्व नै प्रभावित बनेका बेला बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको हो । शनिबार बुढानिलकण्ठ नगरपालिकामा रहेको आश्रममा गएर बैंकले चामल, दाल, तेल र पिठो सहयोग गरेको हो । यस्तै बैंकले नगद सहयोग पनि गरेको छ ।

२ लाख २५ हजार रुपैयाँको चेक बैंकले आश्रमलाई हस्तान्तरण गरेको हो ।

विज्ञापन बक्स