Nepal Times
Nepal Times
9
Shares

सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजको ५६ मध्ये ३८ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजको ५६ मध्ये ३८ ढोका खोलियो

२६ असार, राजविराज । सप्तकोशी नदीमा शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको छ । पानीको बहावले खतराको स्तर समेत पार गरिसकेको छ ।

पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेजान पानीको बहाव २ लाख ५६ हजार ६ सय १५ क्युसेक प्रति सेकेन्डका दरले बहिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिए ।

खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको खडकाले बताए ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चि तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो ।

कोसीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको नगरप्रमुख शैलेशकुमार साहले बताए ।

यसैगरी कोसीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

बिहीबारदेखि मुलुकका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भएसँगै पहिरो र बाढीबाट जनधनको क्षति भइरहेको छ । विभिन्न स्थान उच्च जोखिममा छन् । कतिपय ठाँउमा उद्धारको कठिनाई समेत भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.