काठमाडौं : समायोजना फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ।
मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् । मन्त्रालयले गत पुस १८ गते कमचारी समायोजनसम्बन्धी २१ दिने सार्वजनिक सुचना प्रकाशित गरेको थियो । सो अवधिमा ती कर्मचारीले फारम नभरेका हुन् ।