सरकारको चरम लापर्बाहीले कोरोना संक्रमण बढिरहेको छः सभापति देउवा

653SHARES

३१ वैशाख, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना संक्रमण बढिरहेको बताएका छन् ।

इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड इद उल फित्रका अवसरमा शुभकामना दिँदै सभापति देउवाले अहिलेको अवस्थामा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको बताएका हुन् ।

सभापति देउवाले सन्देशमा भनेका छन्, देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा छ । सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ ।

यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ । सभापति देउवाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन सबैलाई अनुरोध गरेका छन् ।

सभापति देउवाले ईद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको र यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण