सरकारलाई सहयोग गरे टे«ड युनियनबारे पुनर्विचार गर्न सकिन्छ, मन्त्री वस्नेत

0SHARES

५ आश्विन २०७४ नेपाल टाईम्स

 

विराटनगर, असोज ५

सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले सरकारलाई सहयोग गर्ने गरी गतिविधि भए टे«ड युनियनबारे पुनर्विचार गरिने संकेत गरेका छन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले सरकारले अह्राए खटाएको ठाउँमा नगएर कर्मचारीहरूले अटेरी गरेको विषयमा घुमाउरो पाराले असन्तुष्ट जनाए ।

मन्त्री बस्नेतले भनेको काम नगर्ने कर्मचारीहरुलाई राजीनामा दिएर राजनीतिमा आउन चुनौती दिए । रकारले खटाएको स्थानीय तहमा नगएर विभिन्न बाहना गरे टे«ड युनियनको भूमिकाको आधारमा केही सोच्नुपर्ने अवस्था आउनसक्नेतर्फ ध्यानाकर्षण गराए ।

कर्मचारी व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले कर्मचारीको व्यक्तिगत अवस्था हेरेर खटाएको काममा नगए तलब रोक्का गर्नसमेत सकिने संकेत गरे ।

यस्तै मन्त्री बस्नेतले स्थानीय तह कार्यान्वयनको चरणमा कर्मचारी अभाव हुँदा समस्या भएको बताए ।

विज्ञापन बक्स