Nepal Times
Nepal Times
3
Shares

सरकारले भन्याे – भारतीय टेलिभिजनको प्रशारण रोकेकामा धन्यवाद

सरकारले भन्याे – भारतीय टेलिभिजनको प्रशारण रोकेकामा धन्यवाद

२६ असार, काठमाडौं ।
भारतीय टेलिभिजनको प्रशारण रोकेकामा सरकारले विदेशी च्यानल वितरण मल्टि सिष्टम अपरेटर (एमएसओ) हरुलाई धन्यवाद दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेको हो ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ -‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’

मन्त्रालयले आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

केही भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर समाचार दिएका थिए । यी भ्रामक समाचार प्रशारण गर्ने भारतीय टेलिभिजन बन्द गर्नुपर्ने माग उठिरहेका बेला कतिपय केवल टेलिभिजन सेवा प्रदायकले बिहीबारदेखि भारतीय टेलिभिजनको प्रशारण बन्द गरेका थिए ।

मन्त्रालयको विज्ञप्तिमा भारतीय सञ्चार माध्यमले कपोलकल्पित, दुरासयपूणर् एवं भ्रामक समाचार प्रकाशन गरेको भन्दै पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने जनाईएको छ । आमसञ्चार माध्यमहरुले समाचार प्रकाशनर प्रसारण गर्दा सत्य,तथ्य र बस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिवद्ध हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.