सरकारले विद्यार्थीलाई सिमकार्ड निःशुल्क उपलब्ध गराउने, ल्यापटप किन्न ८० हजार ऋण दिने

832SHARES

१५ जेठ, काठमाडौं ।

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । सो कर्जा सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीले १ प्रतिशत ब्याजदरमा पाउनेछन् ।

बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै, १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराउने पौडेलले बताए ।

छुटाउनुभयो कि?

सम्पूर्ण