४ फागुन, विराटनगर । श्री पञ्चमी अर्थात् सरस्वती पूजा मंगलबार विद्याकी देवी सरस्वतीको पूजाआजा गरी देशभर मनाइएको छ ।
वसन्त पञ्चमीका नामले समेत चिनिन यस दिन विराटनगरको दिल्ली पब्लिक स्कुल (डिपिएस)ले पनि नवआगन्तुक विद्यार्थी,विद्यालयका विद्यार्थी र अभिभावकसँगै विविध कार्यक्रम गरी सरस्वती पूजा सम्पन्न गरेको छ ।
सरस्वती पूजाको अवसरमा विद्यालयले विद्यार्थी भर्ना निःशुल्क गर्ने निर्णय गरेको छ । शिशु कक्षामा भर्ना हुन आउने नानीहरुका लागि आगामी सात दिनसम्म भर्ना शुल्क नलिने विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयमा हरेक दिन विहान सरस्वती पूजा गरिदै आएको भएपनि सरस्वती पूजाका अवसरमा हवनसहितको विशेष पूजा गरिएको विद्यालयले जनाएको छ।