सरिता गिरीलाई संशोधन फिर्ता लिन पार्टीको निर्देशन, कारबाहीको चेतावनी

0SHARES

२८ जेष्ठ २०७७ नेपाल टाईम्स

२८ जेठ, काठमाडौँ ।
समाजवादी पार्टीकी सांसद सरीता गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै दर्ता गराएको विधेयक फिर्ता लिन पार्टीले निर्देशन दिएको छ ।

विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिएका हुन् । विधेयक फिर्ता नलिए पार्टील कारवाही गर्न बाध्य हुने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

गिरीले बुधबार संघीय संसद सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी छिन् । उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।

गिरी समानुपातिक सांसद हुन् । उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् ।

विज्ञापन बक्स