सर्वोच्चले संवैधानिक व्याख्या र मौलिक हकसम्बन्धी रिट हेर्ने

392SHARES

३१ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारका विवादसम्बन्धी रिट सुनुवाइ गर्ने भएको छ ।

शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यसअघि महामारीको समयमा अदालतबाट हुने काम कारबाही र सेवा विस्तार गरेको हो ।

जेठ २ गतेसम्म संवैधानिक व्याख्या र मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारका विषयसँग सम्बन्धित रिट पनि लिने भएको छ ।

त्यस्तै नेपाल सरकारवादी भई चलेका थुनुवा मुद्दाको पुनरावेदन फिर्ता एवं प्रचलित कानूनबमोजिम मिलापत्र हुनसक्ने सरकारवादी फौज्दारी मुद्दाको मिलापत्रसम्बन्धी विषयका रिट पनि अदालतले स्वीकार गर्नेछ।

सर्वोच्च अदालतमा सुनुवाइ गरिने मुद्दाको बहसपैरवी सूचना प्रविधिको प्रयोग गरी भर्चुअल विधिबाट संचालन गर्न व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण