सवारी दुर्घटनामा परी ८ जना घाईते

0SHARES

१२ पुष २०७५ नेपाल टाईम्स

उदयपुर, पुस १२
उदयपुरको मिर्चैया नगरपालिका–२ मिर्चैया कटारी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ८ जना घाईते भएका छन् ।

आज दिउँसो करिब १ बजेको समयमा मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको अनटेस्ट अटो र कटारीबाट मिर्चैया तर्फ आउँदै गरेको स ३ प २२६८ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादा अटोमा सवार ६ जना र मोटरसाईलकमा सवार २ जना घाईते भएका हुन् ।

दुर्घटनामा अटोमा सवार मिर्चैया नगरपालिका –९ बस्ने २५  वर्षीया ज्ञानीमाया तामाङ, निजको छोरा ५ वर्षीय दिल बहादुर तामाङ र  ३ वर्षीया समिर तामाङ, सिन्धुली दुधौली नगरपलिका–१४ बस्ने ४० वर्षीया बत्तीमाया तामाङ,निजकै नाती ५ वर्षीया सरोज तामाङ र उदयपुर कटारी नगरपालिका–१ बस्ने २२ वर्षीया बुद्ध लामा तथा मोटरसाईकल चालक उदयपुर कटारी नगरपालिका–१ कालिखोला बस्ने  ३५ वर्षीया अर्जुन माझीर मोटरसाईकल पछाडी बस्ने ४१वर्षीया पंचे माझी घाईते भएका हुन् ।

घाईतेहरु मध्ये अटोमा रहेका ६ जनालाई स्थानीय त्रिबेणी फार्मेसी गरासमा उपचार पश्चात बिराटनगर तर्फ पठाईएको छ भने मोटरसाईकल चालक र सोही मोटरसाइकलमा रहेका पंचे माझीको मिर्चैयामा नै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरी चौकी बेलस्रोतको नियन्त्रणमा रहेका छन् ।

विज्ञापन बक्स