सशस्त्रका गोपीचन्द्र र पुष्पाले उचाले छैटौं नेपालगन्ज म्याराथनको उपाधि

0SHARES

६ मंसिर २०७७ नेपाल टाईम्स

६ मंसिर, नेपालगन्ज ।
छैटौं नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले हात पारेका छन् ।

निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन् । उनी १३ औं सागका स्वर्णपदक विजेता समेत हुन् ।

नेपालगन्ज म्याराथनमा प्रथम भएका पार्की जापानको टोकियोमा हुने ओलम्पिकमा सहभागी हुनेछन् । नेपालगन्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए ।

उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए । पहिलो स्थान हात हात पारेसँगै गोपीले ७५ हजार रुपैयाँ हात पारे ।

दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएका नवराज साउदले १०, पाचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला हाफ म्याराथनको उपाधि भने विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले हात पारेकी छन् । पुष्पाले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन्।

१३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरिन् ।

जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दूरी पूरा गर्दै १५ हजार रुपैयाँ हात पारिन् । लुम्बिनी प्रदेशिक शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन् ।

दाङकी शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरेकी हुन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । चौथो स्थानमा सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेन्डको समय निकालिन् ।

लुम्बिनीकै अनिशा चौधरी पााचौ तथा कल्पना चौधरी छैटौं भए । अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेन्ड तथा कल्पना ३० सेकेन्डले पछि परिन् ।

चौथोलाई ७, पाचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

विज्ञापन बक्स