विराटनगर, माघ २०
विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया रुपमती दासको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपमतीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा विराटनगर–८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले घटनामा आफ्नो संलग्नता स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका उनीहरुले लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।पक्राउ परेका दुवै युवा रुपमतीकै छिमेकी हुन् । हत्यामा संलग्न लागूऔषध दुव्र्यसनी भएको र लामो समयदेखि गाँजा, नाइट्रोसन, फेन्सीडल लगायत लागूऔषध लिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
आवत र चन्दु यही घटनाको सोधपुछका क्रममा यस अघि पनि पटक÷पटक पक्राउ परिसकेका थिए । प्रहरीले घटनाको अनुसन्धानका लागि ११ जनालाई निगरानीमा राखेर सोधपुछ गरिरहेको थियो ।घटनालाई अझै पनि गम्भीर अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताएका छन् । उनले धेरै प्रमाणसँग जोडेर हेर्नु पर्ने भएकाले पनि समय लागेको बताए ।
छिमेकी मोहम्मद नहिमकहाँ टिभी हेर्न भनेर आमा मुन्नीदेवीसँग गत शनिबार राति लगभग ८ बजे विदा मागेर हिँडेकी रुपमतीको शव हत्या गरेर फ्यालेको अवस्थामा बगिरहेको खोलाको पानी भित्र भोलीपल्ट फेला परेको थियो ।