सिंघीया खोलाको जलस्तर बढ्दै,सय भन्दा बढी सुकुम्बासी विस्थापित

२७ असार २०७६

२७ असार, विराटनगर ।
विराटनगरको पुर्वी सिमाना भएर बग्ने सिंघीया खोलामा आएको बाढीका कारण सय भन्दा बढी सुकुम्बासी विस्थापित भएका छन् । लगातारको वर्षाका कारण खोलामा आएको बाढी बस्ती पसेपछि खोला किनारका सुकुम्बासी परिवार विस्थापित भएका हुन् ।

कटहरी र विराटनगरको सिमाना भएर बग्ने सिंघीया खोला किनारको दुवैतर्फ हजारौं सुकुम्बासी परिवारले बर्षाँै अघिदेखि घरजम गरेर बसोबास गर्दै आएका छन् । २०७४ साल साउन २८ र २९ गते आएको बाढीले खोला किनारका सम्पूर्ण सुकुम्बासी परिवारमा क्षति पु¥याएको थियो ।

Facebook Comments

विज्ञापन बक्स