सिंचाईमन्त्री पुनद्धारा लोहन्द्रामा अवलोकन

0SHARES

७ भाद्र २०७५ नेपाल टाईम्स

विराटनगर
गत वर्ष साउनको बाढीले पुर्णरुपमा क्षति पु¥याएकोल लोहन्द्रा पुलको पुन निर्माण गर्ने उर्जा,सिँचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले आश्वासन दिएका छन् । आजको उद्घोष दैनिकमा समाचार छ ।

बुधबार लोहन्द्रा पुल बगेपछि भएको क्षतिपुर्ती अवलोकन गर्न पुगेका मन्त्री पुनले चालु बर्षमै पुल निर्माणको ठेक्का लगाउने बताएका हुन् । प्रधानमन्त्रीकै आग्रहमा सिंचाइमन्त्री पुनले लोहन्द्रा खोला पुगेर अवलोकन गरेका हुन् ।

बाढीले उक्त पुल भत्काउँदा सयौँ हेक्टरमा सिंचाई सुविधा बन्द भएको थियो भने साविकको कसेनी र सिसवनीको आवतजावत पनि वर्षाका कारण ठप्प भएको थियो ।

विज्ञापन बक्स