सिन्धुपाल्चोकको फुल्पिङमा पहिराेले दुई घर पुरिए, ५ जना बेपत्ता

0SHARES

१ श्रावण २०७७ नेपाल टाईम्स

१ साउन, सिन्धुपाल्चोक।

सिन्धुपाल्चोकमा पहिरोले दुईवटा घर पुरिएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका केही व्यक्तिहरु बेपत्ता भएका छन् ।

स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना दिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले जानकारी दिइन् । राति करिब साढे १ बजे साे घटना घटेकाे बताउँदै  गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले प्रहरीहरु घटनास्थलमा जाँदैगरेकाे र आफूहरु पनि केहीबेरमा घटनास्थल पुग्ने बताए ।

विज्ञापन बक्स