सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

0SHARES

२४ माघ २०७५ नेपाल टाईम्स

सिन्धुली, माघ २४
सिन्धुलीमा बिहीबार बिहान बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. एक बाट सिन्धुलीमाढी तर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको बोलेरो फिक्कल गाउँपालिका दुई चण्ढी भज्याँङमा दुर्घटना हुँदा बोलेरोमा सवार ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी अरु ८ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनमा फिक्कल गाउँपालिका २ की तिलमाया विक, कुनमान तामाङ, लक्ष्मी विक र फिक्कल गाउँपलिका–३ की शान्तामायाँ श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते फिक्कल गाउँपालिका–२ की २५ वर्षीया अनिता महतको भने खुर्कोटस्थित शुभजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

विज्ञापन बक्स