सिरहा क्षेत्र नंं ४ मा वाम गठबन्धनको चुनावी अभियान तिव्र

0SHARES

२९ कार्तिक २०७४ नेपाल टाईम्स

कात्तिक २९ । वामपन्थीहरुको लालकिल्ला मानिने सिरहाको क्षेत्र नंं ४ मा वाम गठबन्धनले चुनावी अभियानलाई तिव्र बनाएको छ ।

गठबन्धनले २ वटा प्रदेश र १ प्रतिनिधि सभाको सिट जित्न जनमत आफू तिर तान्न कुनै कसर बाँकी नराख्ने भन्दै करीव १० हजार कार्यकर्तालाई चुनावी अभियानमा उतारेको छ । वाम गठबन्धनले मिर्चैया थाना चौकमा  मंगलवार वाम गठबन्धनको संयूक्त चुनावी कार्यालयको उद्घाटन् गरेको छ । उदघाटन समारोहमा हजारौ कार्यकर्ताहरु उपस्थित भएका थिए । त्यसै गरी संयुक्त वाम गठबन्धनले क्षेत्र नं. ४ को वर्छवा, नरहा, महेशपुर ,पर्साही, विष्णुपुर को वडा नंं २,३ र ४ मा कार्यकर्ता भेला संपन्न गरेको छ । हरेक स्थानहरुमा माओवादी केन्द्र र एमालेका हजारौ कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी वाम गठबन्धनले कर्जन्हामा नगर स्तरीय कार्यकर्ता भेला पनि संपन्न गरेको छ । सितापुर , वेल्हा र फुलवरीयामा पनि कार्यकर्ता भेला संपन्न भएको छ । कार्यकर्ता भेला संपन्न भएका स्थानहरुमा आ आफ्नो वडामा चुनाव प्रचारका लागि संयुक्त कमिटी गठन गरी प्रचार प्रसार अभियानलाई तिव्र गति प्रदान गरिएको छ । संयुक्त वाम गठबन्धनहरुको भेलामा उपस्थित जन मानसलाई हेर्दा गठबन्धनको पक्षमा जनलहर आएको देखिन्छ ।

विज्ञापन बक्स