२९ भदौ, जनकपुरधाम ।
मुख्यमन्त्री लालबाबु राउतले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको बनको जग्गा चाँडै फिर्ता हुने बताएका छन् । सिरहाको चोहर्वामा बनको जग्गा अतिक्रमण गरेको भन्दै आन्दोलनरत समूहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले राज्यको सम्पति कसैले पनि अतिक्रमण गर्न नपाउने र प्रदेश सरकारले गर्न पनि नदिने बताए ।
विगतमा विभिन्न जालझेल गरि अतिक्रमण गरिएको जग्गा तत्काल अतिक्रमण मुक्त हुने आश्वासन समेत उनले दिएका छन् । अतिक्रमित जग्गा फिर्ता हुनु पर्ने मांग सहित आन्दोलन जारी रहेको अवस्थामा सिरहाको चोहर्वा पुगेका भएको मुख्यमन्त्री राउतले सरोकारबला निकायहरु प्रमुख जिल्ला अधिकारी ,वनअधिकृत, मालपोतका प्रमुख , सुरक्षा प्रमुखहरुसंग जग्गाको अवस्था फिर्ता प्रक्रियाबारे छलफल गरेका हुन् ।
छलफलको क्रममा मुख्यमन्त्री राउतले अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन निर्देशन दिँदै आवश्यक पर्ने हरेक प्रकारको निर्णय गर्न प्रदेश सरकार तयार रहेको समेत बताए । उनले जग्गा फिर्ता मात्र नभई विगतमा जालझेल गरेकाहरु माथि कारबाहीको प्रक्रिया थाल्न समेत निर्देशन दिए । सिरहाको गोलबजारमा पछिल्लो साता मात्र वनको २ विगा ९ कट्ठा जग्गा फिर्ता गराइएको छ ।