सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग

304SHARES

६ जेठ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामलगायतका विषय समेटेर भोलि ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

बिहिबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने पनि निर्णय गरेको एक नेताले जानकारी दिए ।

साथै, सरकारले कोभिड रोकथाम र नियन्त्रणका लागि बनाएको संयन्त्र सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सीसीएमसी खारेज गरेर प्रधानमन्त्रीको नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने माग गर्ने ती नेताले जानकारी दिए ।

छुटाउनुभयो कि?

सम्पूर्ण