२३ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी थप १२ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको जानकारी दिइन् ।
उनका अनुसार भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।