४ असार, काठमाडौँ । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो ।
सुनको भाउ आज तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो ।
बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज ३५ रुपैयाँले घटेको छ ।
हिजो तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
बुधवार चाँदी तोलाको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।