सोलुमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

0SHARES

९ कार्तिक २०७६ नेपाल टाईम्स

९ कात्तिक, सोलुखुम्बु ।
उच्च हिमाली जिल्ला सोलुखुम्बुमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । दुधकुण्ड नगरपालिका–९ बस्ने २१ बर्षिय सोमे तामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको हो ।

शुक्रबार राती साढे १० बजे ओखलढुङ्गाबाट बालुवा लिएर भित्री सडकखण्ड हुदै सोलु दुधकुण्ड तर्फ जाँदै गरेको ना. ६ त. २४६० नम्बरको ट्याक्टर दुधकुण्ड गोरामा सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी चालक सोमे तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन बक्स