स्कुटी दुर्घटना हुँदा चालकको मृत्यु,दुई जना घाईते

0SHARES

६ कार्तिक २०७७ नेपाल टाईम्स

६ कात्तिक, विराटनगर ।

मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा गएराति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई राति ११ः४५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहीबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् । अनुपमाको विराटनगरको नोबेल शिक्षण अस्पताल र सुमित्राको सुकुना सामुदायिक अवस्था विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन बक्स