स्पेनिस लालिगामा मालोर्कामाथि बार्सिलोनाको सहज जित

0SHARES

३२ जेष्ठ २०७७ नेपाल टाईम्स

३२ जेष्ठ, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले मालोर्कामाथि सहज जित दर्ता गरेको छ ।

बार्सिलाना मालोर्कासंग ४–० गोल अन्तरले विजयी भएको हो । मालोर्काको मैदानमा बार्सिलोनालाई जिताउन भिडाल, ब्रथह्वाइट, अल्बा र मेसीले एक एक गोल गरेका थिए ।

दोस्रो मिनेटमा भिडाले गोल गर्दै अग्रता दिलाएका थिए । मार्टिन बे्रथह्वाइटले ३७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

कोरोना महामारीबीच बन्द रंगशालामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा पनि २ गोल थप्न सफल भयो ।

७९ औं मिनेटमा अलिबाले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता बनाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गदै सहज जित दिलाए ।

जीतसँगै बार्सिलानोले तालिकामा ६१ अंक बनाएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५६ अंक छ ।

विज्ञापन बक्स