स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा

350SHARES

२९ बैशाख, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा पुगेको छ । लेभान्टेसँग ३–३ गोलको बराबरी खेल्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।

यसअघि बार्सिलोना तेस्रो स्थानमा रहेको थियो । खेल जितेको भए बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल हुन्थ्यो । बराबरी खेलेसँगै लेभान्टे ४० अंकसहित १३ औँ स्थानमा रहेको छ । ला लिगामा ७७ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा रहेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण