स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा

338SHARES

२७ जेठ, काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था बमोजिम उनले मन्त्रालयको वेबसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री छन् ।

यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार तामाङ दम्पतीका १४ ठाउँमा जग्गा छ ।

उनका नाममा अंशबापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका नाममा ११ ठाउँमा छ । श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ ।

यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र पाँच लाख रुपैयाँको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन पुर्ख्यौली र खरिद गरिएको दुवै थरि छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण