८ मंसिर, एजेन्सी । पाँच महिना भन्दा लामो समय आन्दोलित हङकङमा आइतबार स्थानीय चुनाव हुँदैछ ।
लामो राजनीतिक अस्थिरतापछि हङकङमा ७४ लाख जनसंख्यामध्ये ४१ लाखले मात्रै मतदान दिन आफ्नो नाम दर्ता गराएका छन् । एक हजार भन्दा बढीले चुनावका लागि उम्मेद्वारी दिएका छन् जसबाट ४५२ जना जिल्ला परिषदका लागि चुनिने छन् । २७ सिट भने ग्रामीण जिल्लाका लागि तोकिएको छ ।
६०० भन्दा बढि मतदान केन्द्रहरु बिहान साढे सात बजे देखि रातिको साढे १० बजे सम्म खुल्नेछन् । लोकतन्त्र समर्थकहरुले यस चुनावमा मतदाताहरुलाई नबिथोल्न आग्रह गरेका छन् । उनिहरुले यस चुनावबाट सरकार समक्ष सन्देश पुर्याउने बताएका छन् । साथै मतदान केन्द्रमा तनाव बढे मतदान नै स्थगित गर्ने सरकारले चेतावनी दिएको छ ।
यस चुनावबाट लोकतन्त्र अभियान्ताहरुले जिल्ला परिषद्मा आफ्ना प्रतिनिधीहरु बढाउने आशा गरेका छन् । यसले परम्परागत रुपमा चुनिदै आएका शहरका प्रमुख कार्यकारीको पदलाई प्रभाव पर्छ । बेइजिङ नीतिका समर्थकहरुले भने बढ्दो तनावलाई नियन्त्रणमा लिन आफ्नो लागि भोट गर्न अपिल गर्दै आएका छन् ।