हरर फिल्म ‘घर’को कमाइ १ करोड ग्रस

१२ श्रावण २०७६

१२ साउन, काठमाडौँ ।
साउन ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘घर’ दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । दोस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले राम्रो प्रतिक्रियाका साथमा सन्तोषजनक व्यापार गरेको छ ।

शर्मिला पाण्डेको निर्माणमा बनेको चलचित्र कम बजेटमा नै बनेको थियो भने चलचित्र नाफामा जाने अनुमान लगाउन सकिन्छ ।शर्मिलाका अनुसार, यो चलचित्रले दोस्रो साताको शनिवारसम्म आइपुग्दा १ करोड भन्दा बढी ग्रस कलेक्सन गरेको छ । दोस्रो साताको शनिवार पनि काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा चलचित्र हेर्न दर्शकको चाप देखिएको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् ।

हरर जानराको फिल्म ‘सुनकेसरी’ पछि अर्पण थापाले ‘घर’ निर्देशन गरेका हुन् जसमा सुरक्षा पन्त, वेनिशा हमाल र निर्देशक थापाकै मुख्य भूमिका रहेको छ । ‘सुनकेसरी’ बाट तितो हार भोगेका अर्पणको घरले भने केही राहत दिएको छ ।

Facebook Comments

विज्ञापन बक्स