हलिउड स्टार चाडविक बोसम्यानको निधन

0SHARES

१३ भाद्र २०७७ नेपाल टाईम्स

१३ भाद्र, एजेन्सी ।
हलिउड स्टार चाडविक बोसम्यानको निधन भएको छ ।

बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा निधन भएको हो ।  मार्वल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा मुख्य भूमिका निभाएका बोसम्यान ४ वर्षदेखि क्यान्सर पीडित थिए ।  समाचार एजेन्सी एपीका अनुसार चाडविकका सहयोगी प्रतिनिधिले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको निधन उनकै निवास लस एन्जलसमा भएको हो ।

एपीका अनुसार उनी आन्द्राको क्यान्सरबाट पीडित थिए । उनी अन्तिम समयमा उनकी पत्नी र परिवारसँग थिए । उनले आफ्नो करियरमा ‘42’ र ‘Get on Up’ जस्ता फिल्ममा काम गरेका उनले सन् २०१८ मा मार्वल सिनेम्याटिक युनिभर्स फिल्मको ‘ब्ल्याक प्यान्थर’ मा टि–चालारब्ल्याक प्यान्थरको भूमिका निभाएका थिए ।

उनले ‘एभेन्जर्स–इनफिनिटी वार’ र ‘एभेन्जर्स एण्ड गेम’ जस्ता ब्लकबस्टर फिल्ममा ब्ल्याक प्यान्थरकै भूमिका निभाएका थिए । उनको अन्तिम फिल्म ‘Da 5 Bloods’ यसै वर्ष रिलीज भएको थियो ।

विज्ञापन बक्स