कटहरीमा हातेमालोको सरसफाई कार्यक्रम सम्पन्न

0SHARES

१२ माघ २०७५ नेपाल टाईम्स

विराटनगर , माघ १२
साप्ताहिक रुपमा सरसफाई कार्यक्रम गर्दै आईरहेको सामाजिक संस्था ‘परिवर्तनका लागि हातेमालो’को कटहरी शाखाले शनिबार सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ ।

बिगत ५० औ हप्ता देखि विराटनगरमा सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको हातेमालोको कटहरी शाखाले ६ औ हप्ता कटहरी चौकमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सरसफाई सँगै जेब्रा क्रसिङ र डस्बिन राख्ने काम सम्पन्न गरिएको परिवर्तनका लागि हातेमालो कटहरी शाखाका अध्यक्ष संजित शाहले जानकारी दिए ।

केन्द्रिय अध्यक्ष बिनोद परियारको प्रमुख आतिथ्यमा सम्पन्न सरसफाई कार्यक्रममा समाजसेवी राजेश साह, हातेमालोका अभियान्ता तथा स्थानीयबासीको बाक्लो उपस्थिती रहेको थियो ।

विज्ञापन बक्स