हिंसा बढेपछि इजरालयको ‘सिटीअफ लड’ मा संकटकाल घोषणा

963SHARES

२९ बैशाख , एजेन्सी । इजरायलको सिटीअफ लडमा संकटकाल लागू गरिएको छ।

इजरायली र प्यालेस्टाइनी सुरक्षाकर्मीबिच मुठभेड भइरहँदा लडमा इजरायली अरबीहरुले प्रदर्शन चर्काएपछि संकटकाल लगाइएको हो ।

लडका अधिकारीहरुका अनुसार प्रहरीसँगको मुठभेडमा १२ जना घाइते भएका छन्। यस्तै, सवारीसाधन र धरै घरहरुमा क्षति पुगेको छ ।

इजरायलले जेरुसलमा रहेको मस्जिदमा प्यालेस्टाइनीहरुलाई दमन गरेपछि दुईदेशबिच फेरि तनाव बढेको हो ।

प्यालेस्टाइनले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायलले पनि जवाफमा हवाई आक्रमण गरिरहेको छ । इजरालयले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणबाट ठूला घरहरु भत्किएका छन् ।

इजरायली सेनाले आफूहरुले गाजा क्षेत्रमा लडाकूहरुलाई ’टार्गेट’ बनाएर आक्रमण गरेको जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण