होली मनाउँदा स्वास्थ्य सावधानी अपनाउन अनुरोध

922SHARES

१४ चैत, काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनगर गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको भाइरसको संक्रमया फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले अनुरोध गरेको हो । प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिएको छ । यस वर्ष आइतबार पहाडी क्षेत्रमा र सोमबार तराई क्षेत्रमा होली मनाइँदै छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण