११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

274SHARES

१५ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्नेछन् । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो।

आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण