४ असार, नुवाकोट ।
युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।