२८ कार्तिक, विराटनगर ।
२१ राजनीतिक संगठनहरुले राष्ट्र र जनताका पक्षमा जारी संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेका छन् ।
नेता सीपी गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र र जनताका पक्षमा संघर्षरत २१ राजनीतिक संगठनको कार्यगत एकताको बैठकले जारी संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको जानकारी दिएका छन् ।
उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा कात्तिक २७ गे बसेको बैठकले उक्त निर्णय गरेको पनि जानकारी दिएका छन् । नेता गजुरेलले संघर्षको कार्यक्रम अन्तरगत मंसिर ७ गते काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिने बताएका छन् ।
“यसै प्रकारको कार्यक्रम देशका सबै प्रदेशले कम्तिमा एक–एक स्थानमा समेत आयोजना गर्ने प्रयत्न गरिनेछ,” विज्ञप्तिमा भनिएको छ ।