२४ घण्टामा थपिए १४५ कोरोना संक्रमित, ९० जना डिस्चार्ज

637SHARES

११ चैत, विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा १४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार १८७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।

हालसम्म देशभर २२ लाख ४८ हजार ९९३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५२ जना रहेका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण