२४ घण्टामा थपिए २६६ कोरोना संक्रमित, १०२ डिस्चार्ज हुँदा थप ४ जनाको मृत्यु
289SHARES


२३ चैत, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २६६ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको हो ।
यस्तै, २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट आज ४ जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ नै रहेको छ ।
त्यस्तै १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित र ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८९ हजार ८ सय २४ पीसीआर परीक्षण भएका छन् ।
छुटाउनुभयो कि?
सम्पूर्ण