२ लाख प्रतिबन्धित भारुसहित एक पक्राउ

221SHARES

१६ जेठ, सप्तरी ।

प्रतिबन्धित भारतीय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरीयाघाटबाट १ लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रुपैयाँ सहित महादेवा गाउँपालिका–५ बस्ने २० वर्षीय दिपक कुमार मण्डललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी रामपुर मलहनियाबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ३ सय ९६ वटा नोट, २ सय दरको २ वटा नोट लगायत ५० दरको १ वटा नोट र १० दरको ४ वटा नोट गरी उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण