१५ जेठ, काठमाडौं ।
सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै आउँदो साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा पूर्ण रुपमा प्रतिबन्ध गरिएको जानकारी दिए ।
उनले प्लाष्टिकको झोलाको सट्टा सत्ली, जुट र कागजको झोलाको प्रयोग गर्नुपर्ने बताउए ।
४० मइक्रोनकोभन्दा पातलो प्लाष्टिक उत्पादन गर्ने उद्योगहरुमा पुराना पाट पुर्जा हटाएर नयाँ जडान गरेर स्तरोन्नती गर्नका लागि पूँजीगत अनुदान उपलब्ध गराइने बजेटमा उल्लेख छ ।